प्रधानमन्त्री उद्धार कोषमा ५ लाख सहयोग गर्ने धादिङकै पहिलो पालिका बन्यो बेनिघाट
सम्बाददाता

भदौ १२, २०८३

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ रुपैयाँ सहायता रकम जम्मा गर्ने निर्णय गरेको छ ।

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण देशका विभिन्न भागमा पुगेको क्षति र प्रभावितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो । योसँगै जिल्लाका १३ स्थानीय तहमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रुपमा राहत रकम जम्मा गर्ने बेनिघाट रोराङ धादिङको पहिलो पालिका बनेको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) द्वारा हस्ताक्षरित गृह मन्त्रालयलाई पठाइएको पत्रमा पालिकाको तर्फबाट कोषमा पाँच लाख एक रुपैयाँ सहायता रकम जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।

No data was found

आफ्नै पालिकाभित्र बाढीले ठूलो क्षति पुर्‍याएको कठिन परिस्थितिमा पनि बेनिघाट रोराङ गाउँपालिकाले विपद्को यस घडीमा अग्रसरता देखाउँदै केन्द्रीय उद्धार कोषमा रकम जम्मा गर्ने उदाहरणीय निर्णय गरेको छ ।

यसैगरी ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने गाउँपालिकामा कार्यरत कर्मचारीहरुले ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वीराजमार्ग आंशिक सञ्चालन, होल्डिङमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाइदै

भोटेकोशीको बाढीले धादिङको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति

भोटेकोशी बाढी: ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग संकलन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

यो पनि पढ्नुहोस
सम्बाददाता