भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
राष्ट्रिय समाचार समिति

भदौ १२, २०८३

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आराध्यदेव भगवान् पशुपतिनाथमा आज विशेष पूजा, आराधना गर्नुभएको छ ।
  नेता चौथाइवाले नेतृत्वको टोली आज बिहान पशुपतिनाथ मन्दिरमा रु दुई हजार १०० को सात वटा विशेष पूजाको रसिद काटेर विशेष पूजा, आराधना गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रुपा शाही बास्तोलाले राससलाई जानकारी दिनुभयो ।
चौथाइवालेको साथमा भारतका सांसद र पूर्वमन्त्री रविशङ्करप्रसाद सिंह पनि सहभागी हुनुभएको थियो । उहाँहरुलाई पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्दीप राना, कोष सञ्चालक परिषद् सदस्य बास्तोलालगायतले पशुपति क्षेत्रमा स्वागत गर्नुभएको थियो ।
नेता चौथाइवाले नेतृत्वको समूहलाई आराध्यदेव भगवान् श्री पशुपतिनाथका मूल अर्चक गणेश भट्टले विशेष पूजा गराई टीका, प्रसाद लगाई दिनुभएको थियो । चान्द्रमासअनुसार श्रावण महिनाको आज अन्तिम दिनसम्म देश–विदेशका भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने गर्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वीराजमार्ग आंशिक सञ्चालन, होल्डिङमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाइदै

भोटेकोशीको बाढीले धादिङको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति

भोटेकोशी बाढी: ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग संकलन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति