भोटेकोशी बाढी: ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग संकलन
पाविलन्युज

भदौ १२, २०८३

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग जुटेको छ।

अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म उक्त रकम संकलन भएको जानकारी दिएको छ।

विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन्।

No data was found

बुधबार भोटेकोशी नदीमा भीषण बाढी आएको थियो। बाढीले ठूलो जनधनको क्षति गरेको थियो।

त्यसपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

त्यससँगै कोषमा सहयोग रकम जम्मा हुन थालेको हो। सरकारले कोषमा रकम संकलन र समन्वयको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। मन्त्रालयलाई फोकल मन्त्रालय तोकिएको छ।

संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्।

व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै आएर दिन सक्ने व्यवस्था गरिएको छ। नयाँ सहयोगसँगै कोषमा चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ।
यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो।

बिहीबार मात्रै ६ घन्टामा निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग समावेश नभएको अर्थमन्त्रालयले जानकारी गराएको छ। ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वीराजमार्ग आंशिक सञ्चालन, होल्डिङमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाइदै

भोटेकोशीको बाढीले धादिङको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति

भोटेकोशी बाढी: ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग संकलन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

यो पनि पढ्नुहोस
पाविलन्युज