भोटेकोशीको बाढीले धादिङको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति
सम्बाददाता

भदौ १२, २०८३

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा रहेको रुवी बेभरेज प्रा.लि.मा क्षति पुगेको छ।

गत भदौ १० गते आएको बाढीले उद्योगको भौतिक संरचना, पानी प्रशोधनमा प्रयोग हुने उपकरण तथा कच्चा पदार्थ गरी करिब २ करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

उद्योगका सञ्चालक तिलक सिंखडाका अनुसार बाढीले १ करोड रुपैयाँ बराबरका प्रशोधन उपकरण र १ करोड ७० लाख रुपैयाँ बराबरको भौतिक संरचना नष्ट गरेको छ। बाढीपछि उद्योगको अधिकांश भाग लेदोले पुरिएको छ भने १ हजारभन्दा बढी पानीका जार बगाएको छ भने बाढीले संरचनाका झ्याल तथा ढोका कामै नलाग्ने बनेको छ ।

No data was found

बाढीले पानी प्रशोधनमा प्रयोग हुने आर.ओ. मेसिन, फिलिङ मेसिन, जार फिलिङ मेसिन, लेबल मेसिन, बोतल बनाउने मेसिन र बोतल बनाउन प्रयोग हुने कच्चा पदार्थ पूर्ण रूपमा नष्ट पारेको छ । यसका साथै उद्योगका अफिसियल कागजात, प्रिन्टर, कम्प्युटर र विद्युत् प्यानल बोर्डसमेत बाढीले कामै नलाग्ने बनाएको छ। हाल क्षतिको विवरण संकलन भइरहेकाले प्राविधिक अध्ययनपछि क्षतिको वास्तविक अवस्था अझ स्पष्ट हुने उद्योगले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पृथ्वीराजमार्ग आंशिक सञ्चालन, होल्डिङमा रहेका सवारीलाई गन्तव्यतर्फ पठाइदै

भोटेकोशीको बाढीले धादिङको रुवी बेभरेजमा २ करोड ७० लाखको क्षति

भोटेकोशी बाढी: ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग संकलन

भोटेकोशी बाढी : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

यो पनि पढ्नुहोस
सम्बाददाता