धादिङ । मलेखुस्थित फुर्केखोला पुल बाढीले बगाएपछि मासटार पिपलटार परेवाटार वैकल्पिक सडक संचालनमा ल्याइएको छ ।
स्थानीय तहहरुले आफुखुसी ट्याक खनेका सडकलाई अहिले सिद्दलेक गाउँपालिका र संघीय सरकारको सडक विभागले मर्मत गरी संचालनमा ल्याएको हो ।
वर्षातले अवरुद्ध बनेको सडक मर्मतपछि संचालनमा ल्याइएको सडक विभागका सुरभाइजर कुमार थपलियाले जानकारी दिनुभयो ।
यो सडकमा हालका लागि जीप, भ्यान, हाइस, माइक्रोबस, बोलेरोलगायत सवारी गुडाउन सकिनेछ । ठूला मालबाहक सवारी र यात्रु बस समेत संचालन गर्न सकिनेगरी मर्मत भइरहेको छ ।
धादिङबेसीबाट पृथ्वीराजमार्ग निस्कनेहरुले परेवाटारबाट पिपलटार, केउरेनी हुँदै मासटार निस्कन सक्नेछन् । पृथ्वी राजमार्ग तरेर धादिङबेसी आउनेहरुले मासटारस्थित त्रिशुली नदीमाथीको पुल तरेर केउरेनी, पिपलटार हुँदै परेवाटार निस्कन सक्नेछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1