धादिङ । बाढीले बगाएर ल्याएको बैकको सेफ फुटाएर रकम फाँडफड गरी लिएको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् ।
धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको सेफ तोडफोड गरी नगद लगेको आरोपमा धादिङसहित विभिन्न स्थानका २९ जनालाई नियन्त्रणमा लिएको हो ।
स्थानीय व्यक्तिहरूले सेफ तोडेर रकम लगेको खबर भदौ १२ गते पाएपछि खटिएको जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा कुल ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । बरामद भएको नगदको स्रोत, सेफमा रहेको कुल रकम तथा अन्य सम्भावित व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ ।
यी हुन् पक्राउ परेकाहरू:
१. पवन पौडेल – २७ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
२. वीरबहादुर राना मगर – ४१ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
३. विनोद गिरी – ३५ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
४. नवराज भेटुवाल – ३३ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
५. पूर्णलाल श्रेष्ठ – ४० वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
६. विष्णुमणि अधिकारी – ३१ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
७. कृष्ण मगर – ३६ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
८. शिवबहादुर राना मगर – ४९ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
९. युवराज अधिकारी – ४६ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१०. सुचिमबहादुर राना मगर – ४६ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
११. सविन श्रेष्ठ – २४ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१२. प्रेमबहादुर राना मगर – ४३ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१३. अनिल भेटुवाल – १९ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१४. रामशरण सुवेदी – ४९ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१५. मिनबहादुर राना मगर – ३८ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१६. देवेन्द्र राना मगर – ३२ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१७. दीपक तामाङ – ३१ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१८. राजकुमार भेटुवाल – ३६ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
१९. दिनेश अधिकारी – २९ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
२०. दिनेश पुलामी – ३० वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
२१. टेकबहादुर राना मगर – ३० वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
२२. सन्तोष श्रेष्ठ – ३२ वर्ष (गल्छी गाउँपालिका–४, मासटार)
२३. सुशान्त श्रेष्ठ – ४७ वर्ष (गल्छी गाउँपालिका–६, आदमघाट)
२४. सानुभाई श्रेष्ठ – ३६ वर्ष (गल्छी गाउँपालिका–८, सिमपानी)
२५. सानु खतिवडा – ४९ वर्ष (सिद्धलेक गाउँपालिका–७, आदमटार)
२६. विचारी आले मगर – २९ वर्ष (हाल: गजुरी गाउँपालिका–८ आदमघाट, मूल घर: राप्ती नगरपालिका–६, चितवन)
२७. नारायण श्रेष्ठ – ३२ वर्ष (हाल: गजुरी गाउँपालिका–८ आदमघाट, मूल घर: राप्ती नगरपालिका–६, चितवन)
२८. अग्नि आले मगर – २० वर्ष (हाल: गजुरी गाउँपालिका–८ आदमघाट, मूल घर: राप्ती नगरपालिका–६, चितवन)
२९. सकुर अन्सारी – २८ वर्ष (हाल: गजुरी गाउँपालिका–६ आदमघाट, मूल घर: बहुदरीमाई नगरपालिका–९, पर्सा