बैरेनी अस्पताललाई ५ लाख ४४ हजार रुपैयाँ बराबरको औषधि सहयोग
सम्बाददाता

भदौ १३, २०८३

धादिङ । बाढीका कारण प्रभावित बनेको बैरेनी अस्पतालको स्वास्थ्य सेवा निरन्तरताका लागि ५ लाख ४४ हजार रुपैयाँ बराबरको औषधि उपलब्ध गराइएको छ ।

कारितास नेपालको सहयोगमा प्रयास नेपाल धादिङले गल्छी गाउँपालिकालाई २५० भन्दा बढी प्रकारका अत्यावश्यक औषधि हस्तान्तरण गरेको हो । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडालाई उक्त औषधि हस्तान्तरण गर्नुभयो ।

बाढीका कारण बैरेनी अस्पतालको ग्राउन्ड फ्लोर पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै भौतिक संरचना र औषधि सामग्रीमा क्षति पुगेको थियो । जसका कारण अस्पतालको दैनिक स्वास्थ्य सेवा सञ्चालनमा चुनौती थपिएको थियो ।

No data was found

स्थानीय तहको अनुरोधका आधारमा विपद्को समयमा तत्काल आवश्यक सहयोग उपलब्ध गराइएको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले बताउनुभयो । संस्थाले विपद् प्रभावित क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा निरन्तर राहत तथा पुनरुत्थानका काम गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको गजुरी स्थित बगरमा सेफ भेटियो

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग

बैरेनी अस्पताललाई ५ लाख ४४ हजार रुपैयाँ बराबरको औषधि सहयोग

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

यो पनि पढ्नुहोस
सम्बाददाता