काठमाडौँ। गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपीडितका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले रु एक करोड एक लाख एक आर्थिक सहयोग गर्नेभएको छ । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानले उक्त रकम सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
शनिबार जारी प्रेस विज्ञप्तिका अनुसार प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन् । बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निःशुल्क आँखा उपचार गर्ने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीलाई ग्रामीण आँखा केन्द्रको सहयोगमा टिम बनाएर प्रभावित क्षेत्रमा खटाउने प्रतिष्ठानले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0