भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ
राष्ट्रिय समाचार समिति

भदौ १४, २०८३

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको जनजीवन शीघ्र सहज बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित यही भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, चण्डीपाठ तथा क्षमापूजा गर्न लागेको हो ।

कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ । गुह्येश्वरी शक्तिपीठमा नौ जना ब्राह्मणद्वारा चण्डीपाठ तथा पूजा गरिनेछ ।

No data was found

पशुपतिका नवशक्तिपीठ, आगमघर, ११ महारुद्र, १० दिक्पाल, क्षेत्रपाल तथा विभिन्न देवदेवीको तान्त्रिक तथा वैदिक विधिबाट विशेष क्षमापूजा र शान्तिपाठसमेत गरिने उहाँले राससलाई जानकारी दिनुभयो ।

यसैबीच, कोषको कार्यवाहक सदस्य–सचिवको समेत जिम्मेवारी सम्हालिरहनुभएकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात लाख सहयोग गर्ने निर्णय गरेको सदस्य भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको कृष्णभीरमा सडक भासिएपछि नागढुङ्गा-मुग्लिन सडकखण्ड अवरुद्ध

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

राहत कोषमा पैसा जम्मा गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने व्यक्ति पक्राउ

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

धादिङको गजुरी स्थित बगरमा सेफ भेटियो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति