बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा
राष्ट्रिय समाचार समिति

भदौ १४, २०८३

काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।
बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली परिचालन भएको छ ।
नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङको कृष्णभीरमा सडक भासिएपछि नागढुङ्गा-मुग्लिन सडकखण्ड अवरुद्ध

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

राहत कोषमा पैसा जम्मा गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने व्यक्ति पक्राउ

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

धादिङको गजुरी स्थित बगरमा सेफ भेटियो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति