विदुरका बाढी प्रभावितका लागि जेनेरेटर सहयोग
सम्बाददाता

भदौ १४, २०८३

धादिङ । भोटेकोसीमा आएको बाढीले नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् लाइन पूर्ण रूपमा बगाएपछि सञ्चार सम्पर्कविहीन भएका नागरिकका लागि राहतस्वरूप विद्युत् जेनेरेटर उपलब्ध गराइएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयहरूले मोबाइल तथा इलेक्ट्रोनिक सामान चार्ज गर्न नपाएर सञ्चार सम्पर्क टुटेको अवस्थालाई ध्यानमा राख्दै जेनेरेटर उपलब्ध गराइएको हो ।

धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाको विशेष पहलमा बाढी अति प्रभावित क्षेत्रका लागि २.४ केभिए क्षमताको जेनेरेटर, तार तथा मल्टिप्लगहरू उपलब्ध गराइएको छ।

No data was found

उक्त जेनेरेटर बाढी अति प्रभावित क्षेत्रका रूपमा रहेको विदुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बद्री रिमाललाई हस्तान्तरण गरिएको छ। <span;>यसबाट सर्वसाधारणलाई मोबाइल तथा टर्चलाइट चार्ज गर्न, वडाका प्रशासनिक कामहरू सम्पादन गर्न राहत पुग्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

फुर्केखोला मुनि भेटिएको सेफ सडकमा ल्याउन नसकेपछि कुरेरै बसे सुरक्षाकर्मी (यसरी निकालिएको थियो सेफ)

गल्छीमा बाढीले ५२ घर विस्थापित, कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

यो पनि पढ्नुहोस
सम्बाददाता