गल्छीमा बाढीले ५२ घर विस्थापित, कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध
सम्बाददाता

भदौ १४, २०८३

धादिङ । त्रिशूली नदीमा आइतबार आएको बाढीले धार परिवर्तन गर्दा धादिङको गल्छी गाउँपालिका वडा नं. ४, बेल्खुका ४८ घरपरिवार विस्थापित भएका छन् । नदीले कटान सुरु गरेपछि विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी, गल्छीकै चिरौँदी खोलामा आएको बाढीका कारण थप ४ घरपरिवार विस्थापित भएका छन् ।

उता पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७, चरौंदी (कृष्णभीर) सडक भासिएका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

No data was found

धादिङको गजुरी-२ मलेखुस्थित परेवाभीरमुनी त्रिशूली नदीले कटान गरेर पहिरो चल्न थालेपछि सडक बन्द गरिएको छ । पहिरोले सडक छेउमा रहेको बिजुलीको पोल बगाएको छ भने एउटा पोल सडकतर्फनै ढलेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

फुर्केखोला मुनि भेटिएको सेफ सडकमा ल्याउन नसकेपछि कुरेरै बसे सुरक्षाकर्मी (यसरी निकालिएको थियो सेफ)

गल्छीमा बाढीले ५२ घर विस्थापित, कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

यो पनि पढ्नुहोस
सम्बाददाता