धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीपछि धादिङका विभिन्न तीन वटा सेफ (लकर) फेला परेको छ ।
बेनीघाट, बैरेनी र सिद्धलेकमा ती सेफ फेला परेका हुन् । बेनीघाटमा भेटिएको सेफ प्रहरीले आफ्नो नियन्त्रणमा लिएर सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी जानकारी दिनुभयो ।
सिद्धलेकमा आइतबार बिहान फेला परेको अर्को सेफ भने बोकेर सडकसम्म ल्याउन नसकिएपछि सुरक्षाकर्मीले त्यहीँ पहरा दिएर राखेका छन् ।
यसैबीच, बैरेनीमा फेला परेको सेफ प्रहरीलाई खबर नगरी आपसमा फुटाएर नगद बाँडेको अभियोगमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1




