बहराइनले नेपाललाई दियो ८८ रन

पाविलन्युज

भदौ १५, २०८३

काठमाडौँ। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए ।
त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

बडादसैँको टीका आज पनि लगाइँदै

यो पनि पढ्नुहोस
पाविलन्युज