विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति
राष्ट्रिय समाचार समिति

भदौ १५, २०८३

काठमाडौँ। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय नुवाकोटले नुवाकोट–विदुर–चोगटे– सरमथली– जिरोकिलो हुँदै रसुवा जाने सडकलाई विस्तार तथा स्तरोन्नति गर्न सुरुआत गरेको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटबाट रसुवा जाने सडक अवरुद्ध भएपछि प्रदेश सरकारले वैकल्पिक सडकलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएको समस्या समाधान गर्ने कामलाई निरन्तरता दिइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ ।

No data was found

उहाँले आवतजावत गर्ने नागरिकलाई कुनै कठिनाइ नहोस् र राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज होस् भनेर सडक स्तरोन्नतिको काम भइरहेको बताउनुभयो । विदुरदेखि जिरोकिलोसम्म करिब १५ किलोमिटर दूरी रहेको बताइन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

माडवारी सेवा समितिको सहयोग र डा. ढुंगानाको पहलमा गजुरीका २०० परिवार राहत

उद्धार र राहत कार्यमा सहजीकरण गर्न सङ्घीय संसद्का कर्मचारी टोली परिचालन

हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग अवरुद्ध, बाटो खुल्न कम्तीमा १५ दिन लाग्ने

गजुरी र गल्छीका विस्तापितलाई तीन महिनालाई पुग्ने राहत

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति