धादिङ। भोटेकोशी बाढीबाट प्रभावित बनेका धादिङको गल्छी गाउँपालिकास्थित बैरेनी र महेशदोभान आसपासका पिडितहरुलाई पानीको समस्या परेको छ ।
पानी को स्रोतहरू बाढीले बगाएपछि महेश्दोभान बैरेनी क्षेत्रमा खानीपानी को आभाव खड्किएको हो । त्यहाँका बाढी प्रभावितहरले अहिले २ देखि ३ किलोमिटर परबाट पानी ल्याएर खाने गरेको छन् ।
राहत लिएर आउनुहरुलाई समेत उनीहरुले खाद्यन्न भन्दापनि पहिले पानी ल्याईदिन आग्रह गरिरहेका छन् । घरमा भएको सबै लत्ताकपडा अन्नपात लगाएत खाद्यान्न सहित खानी पानी भर्ने र पानी जोहो गर्ने भाडाकुँडा समेत नष्ट भएपछि उनीहरुले प्लास्टिकका बोतलहरू खोज्येर धाराबाट पानी लैजान गरेका छन । हातमुख धुन र शौचालय जना समेत समस्या परेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0