धादिङमा फेला परेका २३ वटा शव गजुरी जंगलमा व्यवस्थापन
सम्बाददाता

भदौ १६, २०८३

धादिङ । धादिङका विभिन्न स्थानमा फेला परेका २३ जनाको शव तथा शरीरका अंगको व्यवस्थापन गरिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गजुरी गाउँपालिका-५, ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।

पहिचान हुन नसकेका शव कुहिन थालेपछि संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

डीएनए परीक्षणका लागि आवश्यक नमुनासमेत संकलन गरिएको छ । व्यवस्थापन गरिएकामध्ये दुईवटा सग्लो शव छन् भने २१ वटा शरीरका विभिन्न अंग रहेका छन् । प्रत्येक शव तथा अंगलाई पहिचान गर्न सहज हुने गरी छुट्टाछुट्टै नम्बर दिइएको छ । शवलाई छुट्टाछुट्टै खाडलमा राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

No data was found

डीएनए परीक्षणबाट कुनै शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराइनेछ । धादिङका विभिन्न स्थानबाट संकलन भएका शवमध्ये यसअघि २७ वटा पोखरा र ६ वटा काठमाडौं पठाएर व्यवस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

धादिङमा फेला परेका २३ वटा शव गजुरी जंगलमा व्यवस्थापन

बाढीले डुबाएका संरचनाको लेदो पन्छाउन जुटे राधाकृष्ण भण्डारीसहित युवाहरु

महेशदोभानमा पानीको समस्या, खाद्यन्न भन्दापनि पहिले पानी ल्याईदिन आग्रह

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

यो पनि पढ्नुहोस
सम्बाददाता