बाढी प्रभावितका लागि उद्योग मन्त्रीलाई २० लाखको चेक हस्तान्तरण
राष्ट्रिय समाचार समिति

भदौ १६, २०८३

काठमाडौँ। विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले रु २० लाख आर्थिक सहयोग गरेको छ ।

कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई रु २० लाखको चेक हस्तान्तरण गर्नुभएको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा प्रयोग गरिनेछ ।

चेक हस्तान्तरण पछि मन्त्री यादवले विपद्को कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्का बेला निजी क्षेत्र तथा विभिन्न सङ्घ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य

भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन

जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ : पर्यावरण मन्त्री चौधरी

बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा  यातायात सेवा प्रभावित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति