धादिङ। विश्व खाद्य कार्यक्रमले धादिङको गजुरी र गल्छी गाउँपालिकामा भोटेकासी बाढीबाट विस्तापित भएकाहरुका लागि तीन महिनालाई पुग्ने खाद्यान्न वितरण सुरु गरेको छ । गजुरी गाउँपालिकाको चार सय ७० र गल्छी गाउँपालिकाको दुइृ सय ७० घरधुरीलाई खाद्यान्न विवरण गरेको हो ।
पहिलो चरणमा १५ दिनका लागि प्रतिपरिवार २५ किलो चामल, आठ किलो दाल, दुई लिटर तेल र एक किलो नुन वितरण गरिएकोगाउँपालिकाले जनाएको छ ।

दोश्रो चरणमा थप ७५ दिनलाई पुग्ने खाद्यान्न विवरण गरिने सप्रोस नेपालका इन्जिनियर प्रविण अर्यालले जानकारी दिनुभयो । सप्रोस नेपालको साझेदारीमा उपलब्ध खाद्यान्न गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु र कर्मचारीहरु आफै फिल्डमा खटिएर विवरण गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
