काठमाडौँ। रसुवाबाढी प्रभावितको उद्धार र राहत सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयबाट २० कर्मचारी खटाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भए बमोजिम ती कर्मचारीलाई पठाइएको सभामुख डोलप्रसाद अर्यालको निजी सचिवालयले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पु¥याउने कार्यमा सहजीकरण गर्न सङ्घीय संसद् सचिवालयले आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0