धादिङ । धादिङको गजुरी गाउँपालिकाका विपद् प्रभावित परिवारहरूलाई लक्षित गरी विभिन्न अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ ।
गजुरी गाउँपालिकाका पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाको विशेष पहल र माडवारी सेवा समितिको आर्थिक सहयोगमा प्राप्त भएका राहत सामग्रीहरू वडा नं. ५ र ६ का बाढी प्रभावित २ सय परिवारलाई हस्तान्तरण गरिएको हो ।
२०० पिस तिरपाल, २२० पिस पि।फम, २०० थान ब्लाङ्केट र २०० थान टावेल रहेका छन् । त्यसैगरी खाद्यान्न तथा खाजाका लागि ६०० केजी चिउरा, २००० प्याकेट चाउचाउ, ३०० प्याकेट बिस्कुट, ६०० बोतल जुस, २०० प्याकेट ९५०० ग्रामका० दालमोठ, २०० प्याकेट सोयाबिन मस्यौरा, २०० प्याकेट लिटो, ४०० बोतल मिनरल वाटर र १५ लिटर स्यानिटाइजर समावेश छन् ।
स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै २०० प्याकेट सेनिटारी प्याड, ४०० थान हात धुने साबुन, १००० पिस ह्यान्डिप्लास्ट, २०० प्याकेट टुथपेस्ट, ४०० पिस टुथब्रस, ८०० पिस मास्क, २०० प्याकेट धूप ९मोस्क्युटो कोइल०, ४०० प्याकेट जीवनजल, २०० स्ट्रिप सिटामोल र ३० लिटर फिनेल पनि प्रदान गरिएको छ । यसका साथै दैनिक प्रयोगका लागि २०० थान टर्च लाइट, २०० थान पानी खाने जग, ४०० पिस प्लास्टिक गिलास, ४०० पिस प्लास्टिक प्लेट र ५०० पिस प्लास्टिक चम्चा वितरण गरिएको छ ।
उक्त राहत सामग्रीहरू गजुरी गाउँपालिका वडा नं. ६ को बेल्खु जहरे र पोखरे खोला तथा वडा नं. ५ को पोखरे खोला र गलौधीका प्रभावित २०० घरधुरीलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइएको हो । राहत वितरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ (कर्ण), वडा नं. ५ का वडा अध्यक्ष गोविन्द लामिछाने तथा माडवारी सेवा समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संकटको समयमा प्राप्त यस सहयोगले प्रभावित परिवारहरूलाई ठूलो राहत पुग्ने विश्वास स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेका छन् ।