एलआरआई स्कुलद्वारा गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना
सम्बाददाता

भदौ १७, २०८३

काठमाडौँ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन ५ लाख ५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। काठमाडौँको कलङ्कीस्थित लर्निङ रियलम इन्टरनेसनल (एलआरआई) स्कुलले उक्त रकम सहयोग गरेको हो।

पूर्वमन्त्री तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा रकम हस्तान्तरण गरियो। एलआरआई स्कुलका बोर्ड अफ ट्रस्टी अध्यक्ष शिवराज पन्त र व्यवस्थापन समिति अध्यक्ष यशरेखा पन्तले क्याम्पस प्रमुख मुक्तिकला लामिछानेलाई चेक हस्तान्तरण गर्नुभयो।

अक्षयकोषको ब्याजबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता अन्त्य गर्न यो सहयोग गरिएको हो।

No data was found

कार्यक्रममा एलआरआईका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीसहित शिक्षक-कर्मचारीको उपस्थिति थियो। ४५ वर्षको शैक्षिक अनुभव बोकेकी प्रा।डा। यशोधरा पन्तको नेतृत्वमा एलआरआईले सामाजिक उत्तरदायित्वअन्तर्गत यो पहल गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एलआरआई स्कुलद्वारा गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

भोटेकोशीको बाढीमा परेका १११३ जनाको शव भेटियो, ४८५८ जना सम्पर्कविहीन

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

‘सेतै फुलेको बुढोलाई सहयोग गर्न मलाई सम्पर्क गर्नुहोस्’ भन्दै भिडियो खिच्नेले भेट्यो बाढी प्रभावितको झापड !

उद्धार, राहत र पुनस्स्थापनाका लागि धादिङका १३ वटै स्थानीय तहले संयुक्त राहत कोष स्थापना गर्ने

यो पनि पढ्नुहोस
सम्बाददाता