नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
राष्ट्रिय समाचार समिति

भदौ १७, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अङ्कले बढेर ४४९ दशमलव १८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २२ अङ्कले बढेर १७४ दशमलव १९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अङ्कले बढेर १५१ दशमलव ६१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर रु दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घटेको छ । आज १९३ कम्पनीको सेयर बढ्यो भने ७५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

No data was found

नेप्सेका अनुसार आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार

बेनिघाटले आइतबार पनि विद्यालय संचालन गर्ने

भोटेकोसी बाढी प्रभावितका लागि हिमालयन हेल्थकेयर नेपालद्वारा २२ लाखको सहयोग

मलेसियामाथि नेपालको जित

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति