भोटेकोसी बाढीमा एकैपटक सम्पर्कविहीन भएका धादिङका २६ मध्ये १० जनाको शव पहिचान
सम्बाददाता

भदौ १७, २०८३

धादिङ । गोसाइकुण्ड जाने क्रममा भोटेकोसीको बाढीमा परेर बेपत्ता भएका धादिङका १० जनाको शव पहिचान भएको छ ।

एउटै बसमा रहेका २६ जना मध्ये नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, प्रकाश लम्साल, इन्दिरा अर्याल लम्साल, रामचन्द्र खनाल र नीलकण्ठ–९ का गायत्री लम्सालको शव पहिचान भएको हो ।

गायत्री लम्सालको शव सोमबार पहिचानपछि धादिङबेसीस्थित आँसीखोला दोभानमा अन्तिम दाहसंस्कार गरिएको हो भने अन्य पाँच जनाको बुधबार टिचिङ अस्पताल काठमाण्डौमा शव पहिचानपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी भएको टिचिङ अस्पतालबाट हाम्रा सहकर्मी मनिष दुवाडीले जानकारी दिनुभयो ।

No data was found

त्यसैगरी बाढीपछि सम्पर्कविहीन रहेका सिद्दलेकका हरीप्रसाद सिलवाल र विन्दा देवी सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट दनैको शव पनि टिचिङ अस्पतालबाटै पहिचान भएको छ ।

पारिवारिक श्रोतका अनुसार सिद्दलेकका हरीप्रसाद र विन्दादेवीको शव आजै च्याडुदोभानमा अन्तिम दाहसंस्कार गरिने तयारी भएको छ भने घनश्याम र कल्पनाको भने काठमाण्डौस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 14

ताजा खबर

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार

बेनिघाटले आइतबार पनि विद्यालय संचालन गर्ने

भोटेकोसी बाढी प्रभावितका लागि हिमालयन हेल्थकेयर नेपालद्वारा २२ लाखको सहयोग

मलेसियामाथि नेपालको जित

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

यो पनि पढ्नुहोस
सम्बाददाता