धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको नेताहरुको टोलीले धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
अध्यक्ष ओलीले गल्छीको बाढी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष निरीक्षण गर्दै स्थानीय प्रभावितहरूसँग भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिनुभएको छ ।
यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद डा। पुष्प कँडेललगायत नेता तथा जनप्रतिनिधिहरुले पनि भोटेकोशी क्षेत्रका बाढी प्रभावित स्थानको संयुक्त रूपमा अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री थापाले बाढी र पहिरोका कारण जनतामा परेको विपद्को घडीमा प्रदेश सरकार पूर्ण रूपमा साथमा रहने र आवश्यक राहत तथा पुनस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

