भोटेकोशी बाढीप्रभावितका लागि धादिङका संघसंस्थाद्वारा १० लाखभन्दा बढी राहत सहयोग
पाविलन्युज

भदौ १७, २०८३

धादिङ । गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिहरूको राहतका लागि धादिङका विभिन्न संघसंस्थाहरूले ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा कुल १० लाख १४ हजार ९ सय ८२ रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण विस्थापित भएकाहरूलक्षित गरी स्थानीय संघसंस्था तथा विद्यार्थीहरूले यो रकम संकलन गरेका हुन् ।

कोषमा नीलकण्ठ बहुमुखी क्याम्पसले तीन लाख २१ हजार रुपैयाँ, भैरवी इन्टरप्राइजेजले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ तथा स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले दुई लाख ११ हजार एक सय ११ रुपैयाँ जम्मा गरेका छन् ।

त्यसैगरी, भैरवी साकोसले एक लाख ५५ हजार रुपैयाँ, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाले ७८ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेका छन् । नीलकण्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले भने आफ्नो खाजा खर्चबाट बचाएको ५७ हजार रुपैयाँ कोषमा हस्तान्तरण गरेका हुन् ।

No data was found

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनको जीवितै उद्धार

बेनिघाटले आइतबार पनि विद्यालय संचालन गर्ने

भोटेकोसी बाढी प्रभावितका लागि हिमालयन हेल्थकेयर नेपालद्वारा २२ लाखको सहयोग

मलेसियामाथि नेपालको जित

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

यो पनि पढ्नुहोस
पाविलन्युज