मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य

राष्ट्रिय समाचार समिति

भदौ १८, २०८३

काठमाडौँ। एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ मा समेटियो । मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् ।
त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ थता स्याहादत रामीले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।
मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यसैगरी ललितनारायण राजबंशीले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।
उक्त प्रतियोगिताअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो । नेपालको यो आज दोस्रो खेल हो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जुम्लामा मार्सीधान काट्ने चटारो

३ हजारको सामान किन्दा जितिन् १० लाख रुपैयाँ

थरिथरि पिङ, तर छैन रौनक (फोटोकथा)

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति