बाढीमा बेपत्ता २६ जनाप्रति एमाले धादिङद्वारा समवेदना व्यक्त
सम्बाददाता

भदौ १९, २०८३

धादिङ । भोटेकोशीको बाढीमा बससहित बेपत्ता भएका २६ जनाको परिवारलाई नेकपा एमालेले समवेदना व्यक्त गरेको छ ।

धादिङबाट रसुवाको गोसाइँकुण्ड जाने क्रममा भदौ १० गते धादिङको नीलकण्ठ र सिद्दलेकका १२ जोडी दम्पतीसहित २६ जना बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि फर्किने आशा बाँकी नरहेकाले परिवारजनले कुशको शव बनाएर दाहसंस्कार गरी काजक्रिया सुरु गरेका छन् ।


यसै क्रममा नेकपा एमाले धादिङका पदाधिकारी, सांसद तथा केन्द्रीय सदस्यहरूसहितका नेताहरू पीडित परिवारको घरमै पुगेर शोक प्रकट गरेका हुन् । बाढीमा परी निधनहरु भएकाहरुमा दयाराम लम्साल र छविलाल श्रेष्ठ नेकपा एमालेका जिल्ला कमिटि सदस्य हुन् । नारायण लम्साल जिल्ला कमिटिका सल्लाहकार र रामचन्द्र खनाल नीलकण्ठ नगरकमिटिका सदस्य हुन् । घटनामा परेका अधिकांश नेकपा एमालेका पार्टी सदस्य छन् ।

No data was found

घटनाले धादिङका धेरै गाउँ शोकमा डुबेको छ । शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै नेकपा एमालेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

बाढीमा बेपत्ता २६ जनाप्रति एमाले धादिङद्वारा समवेदना व्यक्त

विहानी पम्पको झोलुङ्गे पुलमा पनि मोटरसाइकल आवतजावत बन्द

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

यो पनि पढ्नुहोस
सम्बाददाता