धादिङ जिल्ला भलिबल संघको अधिवेशन असोज ३ गते हुने

सम्बाददाता

भदौ २०, २०८३

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीमा हुने भएको छ । नयाँ नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्न ‘जिल्लाको भलिबल समृद्धि, एकता र विकासको प्रतिबद्धता’ भन्ने नाराका साथ अधिवेशन आयोजना गर्न लागिएको संघका अध्यक्ष तिलक गुरुङ (अमृत) ले जानकारी दिनुभयो ।

नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै असोज ५ गतेभित्र देशभरका ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार संघले असोज ३ गतेको मिति तय गरेको हो ।

महासचिव रोशन श्रेष्ठद्वारा जारी पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७, नियमावली २०७९ र अन्तर्राष्ट्रिय भलिबल महासंघका नीति(नियमबमोजिम अधिवेशन प्रक्रिया अघि बढाउन भनिएको छ ।

No data was found

यसअघि २०७९ असार ५ गते सम्पन्न पाँचौँ साधारणसभाबाट सिद्धलेक गाउँपालिका–२ का अमृत गुरुङको अध्यक्षतमा चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

बडादसैँको टीका आज पनि लगाइँदै

यो पनि पढ्नुहोस
सम्बाददाता