कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, सवारी संचालनको प्रयास जारी
सम्बाददाता

भदौ २०, २०८३

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पहिरो काटेर सडकको ट्रयाक जोडिएको छ । दुवैतर्फबाट एक्स्काभेटर परिचालन गरी खोलिएको ट्रयाक शनिबार जोडिएको हो ।

ट्रयाक जोडिएसँगै अवरुद्ध सडक खुलाउने काम थप अघि बढेको छ। अब सडकलाई आवश्यक उचाइमा ल्याउन तथा सतह मिलाउन ‘डाउन’ गर्ने काम सुरु गरिने भएको छ ।

पहिरो हटाएर ट्र्याक जोडिए पनि तत्कालै राजमार्गमा यातायात सञ्चालन भने नहुने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ ।

No data was found

सडक सम्याउने, आवश्यक मर्मत तथा यातायात सञ्चालनका लागि सुरक्षित बनाउने काम पूरा भएपछि मात्रै राजमार्ग खुलाइनेछ ।

कृष्णभीरमा ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य

देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान

यो पनि पढ्नुहोस
सम्बाददाता