परेवाभिरमा सडक मर्मत कार्य जारी, आइतबार बेलुकीसम्म सवारी आवागमन बन्द
सम्बाददाता

भदौ २१, २०८३

धादिङ । बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा सडक मर्मतको काम नसकिएपछि सवारी आवागमन थप एक दिन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै २१ गते आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म परेवाभिर हुँदै चल्ने एम्बुलेन्स र शववाहनबाहेक सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइने जनाएको छ।

यसअघि शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सडक बन्द गरी मर्मत कार्य गरिएको थियो। तर, काम पूरा नभएपछि थप एक दिन आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।

No data was found

प्रशासनले उक्त अवधिमा यात्रुलाई वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य

देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान

यो पनि पढ्नुहोस
सम्बाददाता