युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
राष्ट्रिय समाचार समिति

भदौ २१, २०८३

युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘ठोस योजनाहरू’बारे छलफल गर्नुभएको छ ।

मस्कोमा शनिबार भएको तीन घण्टाभन्दा लामो वार्तापछि क्रेमलिनका वरिष्ठ अधिकारी युरी उशाकोभले छलफल ‘अत्यन्त स्पष्ट’ र रचनात्मक भएको बताउनुभयो ।उहाँका अनुसार अमेरिकी पक्षले युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे विभिन्न प्रस्ताव अघि सारेको थियो । तर, तत्काल कुनै ठोस सहमति वा सफलता घोषणा गरिएको छैन ।

ट्रम्पले यसअघि आफ्ना दूतहरू युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव लिएर मस्को र किएभ जान लागेको बताउनुभएको थियो । उहाँले ‘शान्तिका लागि एउटा योजना’ रहेको बताए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गर्नुभएको छैन् ।

No data was found

पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरूले त्यहाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

यो विटकफ र कुशनरको युद्ध सुरु भएयता पहिलो किएभ भ्रमण हो । उहाँहरूले यसअघि मस्कोमा पटक–पटक रुसी अधिकारीसँग वार्ता गर्दै आउनुभएको छ ।

क्रेमलिनका अनुसार पुटिनले वार्ताका क्रममा रुसको सैन्य अवस्थाबारे आफ्नो धारणा प्रस्तुत गर्दै पूर्वी युक्रेनमा बाँकी भू–भाग कब्जा गर्ने लक्ष्यबाट पछि नहट्ने सङ्केत दिनुभएको छ । यसले वार्तामा रुस र युक्रेनबीचको मुख्य मतभेद अझै कायमै रहेको देखाएको छ ।

अमेरिकी दूतहरूको वार्ताका लागि वातावरण सहज बनाउन रुस र युक्रेनले आफ्ना राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनले किभमा तीन दिनसम्म आक्रमण नगर्न रुसी सेनालाई आदेश दिनुभएको छ । जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि आक्रमण नगर्ने बताउनुभएको छ ।

तर, सीमित आक्रमणविरामका बीच पनि युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको र त्यसबाट सर्वसाधारणको मृत्यु भएको युक्रेनी पक्षले जनाएको छ ।

रुसले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भू–भाग कब्जा गरेको छ र आफ्नो सैन्य लक्ष्य पूरा गर्ने अडान दोहो¥याउँदै आएको छ । अर्कोतर्फ, युक्रेनले आफ्नो भू–भाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान राख्दै आएको छ ।

यही कारण अमेरिकी मध्यस्थतामा वार्ता पुनः सुरु गर्ने प्रयास भए पनि तत्काल युद्धविराम वा शान्ति सम्झौता हुने अवस्था अझै स्पष्ट छैन ।

अमेरिकी दूतहरूको किएभ भ्रमणलाई भने वासिङ्टनको शान्ति प्रयासलाई पुनः गति दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य

देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति