देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान
राष्ट्रिय समाचार समिति

भदौ २१, २०८३

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा विदुर नगरपालिका–५ देवीघाटमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभएको छ । सो क्षेत्रमा यही भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले त्रिशूली वारिपारि गर्न समस्या हुँदै आएको छ ।
जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जनाउँदै उहाँले जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ भन्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री थापा मगरका अनुसार तुइन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा स्थानीयस्तरमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुनेछ । उहाँले जनताको आवश्यकता र सहजताका लागि प्रदेश सरकार निरन्तर काम गरिरहेको जनाउँदै आवश्यकताअनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य

देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति