एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य
राष्ट्रिय समाचार समिति

भदौ २१, २०८३

काठमाडौँ। एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ । शनिबार मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भयो ।
उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको पारि खेले । यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे ।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित १९ रन दिएर सर्वाधिक ३ विकेट लिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट नै हात पारे ।
ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए । नेपाली टोली आजको खेलमा जित दर्ता गरेर सेमिफाइनल यात्रा सुरक्षित गर्न चाहन्छ ।
नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियाविरुद्ध छ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङविरुद्ध खेल्ने तालिका छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

एसिसी प्रिमियर कपः साउदी अरेबियाद्वारा नेपाललाई १९१ रनको लक्ष्य

देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति