वेलिबृज माग्दै धादिङबासीले तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
सम्बाददाता

भदौ २२, २०८३

धादिङ । त्रिशूली नदी वारपार गर्न तत्काल वेलिबृजको माग गर्दै धादिङका नागरिकहरुले सरकारलाई दवाद दिन थालेका छन् । बाढीले निम्त्याएको सङ्कट समाधानका लागि धादिङबासीहरूले सामाजिक सञ्जालबाटै सरकारलाई दबाब दिन थालेका हुन् ।

छिटो भन्दा छिटो स्थायी पुल निर्माण र तत्कालका लागि वैकल्पिक पुलको व्यवस्था गर्न माग गर्दै फेसबुकमा ‘#ConnectDhading’ अभियान तीव्र पारिएको छ । आइतबारदेखि सुरु भएको यो अभियान छोटो समयमै व्यापक बनेको छ ।

फेसबुकले यो ह्यासट्यागलाई ट्रेन्डिङमा देखाउन थालेको छ । नागरिकस्तरबाट उठेको यो दबाबले सम्बद्ध निकायको ध्यान खिचेको छ । स्थानीयहरूले तत्काल बेलिब्रिज जडान गरी यातायात सहज बनाउन र पक्की पुलको काम अघि बढाउन माग गरिरहेका छन् ।

No data was found

भोटेकोसीको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङबेसी जोड्ने त्रिशूली नदीमाथिको मुख्य पुल बगाएपछि यातायात ठप्प छ । दैनिक आवतजावत र उपभोग्य वस्तुको आपूर्ति पूर्ण रूपमा प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
92%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
8%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 12

ताजा खबर

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः सभापति लामिछाने

‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

यो पनि पढ्नुहोस
सम्बाददाता