भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार
राष्ट्रिय समाचार समिति

भदौ २२, २०८३

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् ।
बाढीपछि हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ भने चार हजार ९९६ जना अझै सम्पर्कविहीन रहेका छन् । हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७२ जनाले उपचार सेवा लिएका प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विभिन्न अस्पतालमा उपचाररत ३२३ मध्ये २२८ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, नेपाली सेनाबाट तीन हजार ३७९ जना र सशस्त्र प्रहरीबाट दुई हजार ९७० जनाले स्वास्थ्य उपचार सेवा लिएका उहाँले जानकारी दिनुभयो । विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति