भोटेकोसी बाढीका मृतक र बेपत्ताको सम्झनामा नीलकण्ठ नगरपालिकाद्वारा श्रद्धाञ्जली सभा
सम्बाददाता

भदौ २२, २०८३

धादिङ । भोटेकोसी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नीलकण्ठ नगरपालिकाका ३८ जना नागरिकको सम्झनामा नगरपालिकाले सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

गोसाइँकुण्ड तीर्थयात्रा तथा अन्य सिलसिलामा रसुवा र नुवाकोट पुगेका बेला बाढीमा परेकामध्ये नीलकण्ठका १३ जनाको मात्र शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् । शव भेटेका १३ जनासहित २५ जनाको परिवारले काजकिरिया सुरु गरेको छ भने बाँकी बेपत्ता परिवारले अझै खोजी जारी राखेका छन् । बाढीमा धादिङका कुल १४३ जना परेको प्रारम्भिक तथ्यांक छ ।

No data was found

गत १८ गते नै शोक बिदा दिइसकेको नगरपालिकाले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै सोमबार बेलुका दीप प्रज्ज्वलन कार्यक्रम समेत आयोजना गरेको छ । जनप्रतिनिधि, स्थानीयवासी तथा शोकसन्तप्त परिवारका सदस्यहरूको उपस्थिति रहेको श्रद्धाञ्जली सभामा आफन्त गुमाएका सहभागीहरू भावविह्वल बनेका थिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

यो पनि पढ्नुहोस
सम्बाददाता