परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने
सम्बाददाता

भदौ २२, २०८३

धादिङ । पृथ्वी राजमार्गबाट धादिङबेसी आउजाउ गर्न वैकल्पिक रुपमा प्रयोग हुँदै आएको परेवाटार, पिपलटार, मास्टार सडकमा भदौ २३ गते सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं। २ स्थित फुर्केखोलामा रहेको पक्की पुल बगेपछि वैकल्पिक सडकका रुपमा प्रयोग भइरहेको सडक मर्मतका लागि बन्द गर्न लागिएको हो । थप मर्मत सम्भार गर्नुपर्ने भएकाले भदौ २३ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

सडक बन्द रहने अवधिभर यात्रुहरूलाई धादिङबेँसी–सुनौला बजार, फोस्रेटार हुँदै कल्लेरीटार वा अन्य वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
50%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2

ताजा खबर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

यो पनि पढ्नुहोस
सम्बाददाता