तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै
राष्ट्रिय समाचार समिति

भदौ २३, २०८३

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण परिचालन गरिँदै छ । आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताउनुभयो ।

प्राविधिक एवं मजदुरहरु पेटीको सहायताले भिरमा झुन्डिएर काम गरिरहेका छन् । पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको यो ठाउँमा डिभिजन सडक कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको समय पारेर यहाँ आंशिक सवारी रोकेर काम थालिएको हो ।

No data was found

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक बन्द गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ८ः०० बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ः०० बजे, दिउँसो १ः०० बजेदेखि १ः३० बजे, ३ः३० देखि ४ः०० बजे र साँझ ६ः०० बजेपछि भोलिपल्ट बिहान ६ः०० बजेसम्म सवारी आवागमन सुचारु गरिने छ । यसबाहेकको समयमा सो स्थानमा सवारी रोकेर पहिरो रोकथामको काम गर्न लागिएको हो ।

गत वर्षको असोज ३ र ७ गते सो ठाउँमा ठूलो पहिरो खस्दा एक सय चार घण्टा सडक अवरुद्ध भएको थियो । घिमिरेका अनुसार खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो रोकथाम गर्न लागिएको हो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ ।

केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो । सुरुमा सो भित्तोमा झर्न लागेका ढुङ्गा, माटोलगायतलाई झारिँदै छ । यससँगै सो ढिस्कोलाई सफा गरिने छ । सोपश्चात् भित्तोमा रडलाई ‘ड्रिल’ गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिँदै छ । यसलाई ‘नेलिङ’ भनिन्छ । दश महिनामा काम सक्ने गरी कार्यालयले रु २२ करोड २१ लाखमा बोलपत्र आह्वान गरेको थियो । यो बजेटभित्र नाम्सी खोलाको मुग्लिनतर्फको डाँडाको पनि पहिरो रोकथामको काम गर्नुपर्ने हुन्छ । सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जसमध्ये आठ ठाउँलाई उच्च जोखिमको रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

परेवाटार मास्टार सडकखण्ड मंगलबार पूर्ण रूपमा बन्द हुने

धादिङका बाढी प्रभावितलाई होटल व्यवसायीको सहयोग

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति