मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
राष्ट्रिय समाचार समिति

भदौ २३, २०८३

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।
डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै समितिको ७९औँ बैठकमा नेपाललाई सम्मान गरिएको हो । धनुष्टङ्कार ९टिटानस० ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने एक गम्भीर रोग हो ।
टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।
डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा मिश्रालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको  उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति