बाढीका कारण असहाय बनेका नुवाकोट र रसुवाका ५० जना बालबालिकालाई कक्षा १२ सम्म बेनिघाटले निशुल्क आवासिय पठनपाठन गराउने
पाविलन्युज

भदौ २४, २०८३

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले भोटेकोसीको विनाशकारी बाढीमा परी अभिभावक गुमाएका ५० जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने भएको छ ।

बाढीबाट असहाय बनेका बालबालिकाको संरक्षण र शिक्षाको निरन्तरता सुनिश्चित गर्न गाउँपालिकाले आफ्नै आवासीय विद्यालयमा पठनपाठन, गाँस र बासको पूर्ण व्यवस्था गर्ने निर्णय गरेको हो ।

रसुवा, नुवाकोट र धादिङ तीनवटै जिल्लाका सम्बन्धित स्थानीय तहको सिफारिसमा पठनपाठन गराइने गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताउनुभयो ।

No data was found

अभिभावकविहीन बालबालिकाको भविष्य सुरक्षित र उज्यालो बनाउने उद्देश्यले यो कदम चालिएको गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राष्ट्रियसभाः विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

झापा र कैलालीमा खोप अभियान

बाढीका कारण असहाय बनेका नुवाकोट र रसुवाका ५० जना बालबालिकालाई कक्षा १२ सम्म बेनिघाटले निशुल्क आवासिय पठनपाठन गराउने

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

यो पनि पढ्नुहोस
पाविलन्युज