गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० केभीए क्षमताको जेनेरेटर हस्तान्तरण
पाविलन्युज

भदौ २४, २०८३

धादिङ। धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० केभीएको साउन्ड प्रुफ जेनेरेटरसहित आवश्यक विद्युतीय सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा। सीता ढुंगानाको पहल तथा हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा जेनेरेटर, चेन्ज ओभर र बिजुलीको तार अस्पताललाई उपलब्ध गराइएको हो ।

भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शवहरूको सुरक्षित व्यवस्थापन तथा डीप फ्रिज सञ्चालनका लागि अस्पतालमा नियमित विद्युत् आपूर्ति अपरिहार्य भएपछि यी उपकरणहरू हस्तान्तरण गरिएको हो । जेनेरेटर प्राप्त भएसँगै अब विद्युत् अवरुद्ध भएको समयमा पनि शव व्यवस्थापन तथा अस्पतालको आपत्कालीन सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन हुने भएको छ ।

No data was found

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नै पुगेर पूर्व उपाध्यक्ष ढुंगाना र हेफर इन्टरनेशनलका प्रतिनिधिहरूले गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्ष र केन्द्र कर्मचारीलाई संयुक्त रुपमा जेनेरेटर तथा विद्युतीय सामग्री हस्तान्तरण गरिएको छ ।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा जेनेरेटर सहयोग गरेको हेफर इन्टरनेशनलले बाढी प्रभावित रसुवा र नुवाकोटमा पनि विभिन्न सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
75%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
25%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4

ताजा खबर

नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार

चाइल्डफण्ड जापानद्वारा भोटेकोशीका बाढीपीडितलाई राहत सामग्री सहयोग

बाढीपछिको धादिङ : जहाँ हरेक पाइलामा त्रास छ, सास्ती भोग्नुको विकल्प छैन (फोटोकथा)

बाँदरले दुःख दिएपछि  सामूहिक मार्सी धानखेती

सोप्याङखोलामा पहिरो खसेपछि नौबिसे हुँदै हेटौंटा निस्कने त्रिभुवन राजपथ अवरुद्ध

यो पनि पढ्नुहोस
पाविलन्युज