बाढीमा ज्यान गुमाएका आफ्ना नागरिकलाई धादिङको गजुरीले प्रतिपरिवार एक लाख दिने
पाविलन्युज

भदौ २४, २०८३

धादिङ। धादिङको गजुरी गाउँपालिकाले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका आफ्न नागरिकहरुको परिवारलाई एक लाख सहयोग गर्ने भएको छ ।

कामको सिलसिलमा रसुवा तथा नुवाकोट पुगेका ९ जना नागरिकहरु बाढीमा बेपत्ता भएका थिए । त्यसमध्ये सात जनाको परिवारले सास फर्किने आस मारेर काजकिरिया सुरु गरेका छन् ।

सम्पर्क बिहिन भएका मध्ये गजुरी-२ का बिक्रम तामाङ र गजुरी-५ का गोपी राईको परिवारले खोजी जारी राखेका छन् ।

No data was found

गजुरी-६ मिलनटारका प्रकाश ग्यामी मगर र कसिस श्रेष्ठको शव भेटिएपछि परिवारले अन्तिम दाहसंस्कार गरि काजकिरिया गरेका हुन् । गजुरी-१ का जयराम घिमिरे, गजुरी-६ का सुवास तामाङ, प्रमोद ग्यामी मगर, प्रविन ग्यामी मगर र गजुरी-८ कि सरस्वती अधिकारीको कुसको सब बनाएर दाहसंस्कार गरि काजकिरिया गरिएको हो ।

भदौ १० गते र १४ गतेको बाढीबाट गजुरी गाउँपालिकाको दुई सय ६० घर परिवार प्रत्यक्ष अप्रत्यक्ष प्रभावित बनेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार

चाइल्डफण्ड जापानद्वारा भोटेकोशीका बाढीपीडितलाई राहत सामग्री सहयोग

बाढीपछिको धादिङ : जहाँ हरेक पाइलामा त्रास छ, सास्ती भोग्नुको विकल्प छैन (फोटोकथा)

बाँदरले दुःख दिएपछि  सामूहिक मार्सी धानखेती

सोप्याङखोलामा पहिरो खसेपछि नौबिसे हुँदै हेटौंटा निस्कने त्रिभुवन राजपथ अवरुद्ध

यो पनि पढ्नुहोस
पाविलन्युज