धादिङ । कृष्णभीरमा सडक अवरुद्ध बनेर वैकल्पिक सडकका रुपमा प्रयोग भइरहेको त्रिभुवन राजपथ पनि पहिरोका कारण गयरातीदेखि अवरुद्ध बनेको छ । गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका–७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौंबाट नौबिसे हुँदै –हेटौंडा जाने त्रिभुवन राजपथ ठप्प बनेको हो ।
प्रहरीका अनुसार पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ । बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ । पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरूले हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् । जसका कारण हेटौंडा–काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0