बाढीपछिको धादिङ : जहाँ हरेक पाइलामा त्रास छ, सास्ती भोग्नुको विकल्प छैन (फोटोकथा)
शंकर श्रेष्ठ

भदौ २५, २०८३

धादिङ । भदौ १० गतेको बिनासकारी बाढीले त्रिशूली नदी माथीको पाँच वटा पक्की पुल बगायो । अधिकाँंश झोलुङ्गे पुल बाढीले लग्यो । सदरमुकाम धादिङबेसीसहित सात वटा पालिका देशको लाइफलाइन पृथ्वी राजमार्गसँग सम्पर्क विच्छेद छ । धादिङबेसी–मलेखु सडक अर्थात कालुपाण्डे मार्ग भदौ १० गतेदेखि नै ठप्प छ । बाढीको वितण्डाले पुलहरु बगाएपछि सिङ्गो जिल्ला सडकसम्पर्कबाट बाहिर छ ।

बर्खामासको उर्लदो त्रिशूली वारपार गर्न दुई वटा झोलुङ्गे पुल बाँकी छ । सिद्धलेक–६ र गजुरी–२ जोड्ने विहानी पम्प नजिकैको पुल, तथा सिद्धलेक–६ र बेनीघाट–३ जोड्ने मलेखुको अर्को पुल । यतिबेला विहानी पम्प नजिकैको झोलुङ्गे पुल नागरिकका लागि बाँच्ने र बचाउने अन्तिम सहारा बनेको छ । बिहानदेखि बेलुकासम्म पुल व्यस्त छ । पुलमा देखिने खचाखच भीड र सास्तीले जोकोहीको छाती चर्काउँछ ।
किसानले वर्षभरि पसिना बगाएर फलाएको तरकारी यही पुलबाट जोखिम मोलेर तार्नु परेको छ । उता, मरणान्त अवस्थाका बिरामीलाई स्टेचरमा बोकेर जोखमपूर्ण तरिकाले त्रिशूली तारिरहेको कारुणिक दृश्य छिनछिनमा दोहोरिन्छ । वारी एउटा र पारी अर्काे एम्बुलेन्स् प्रयोग गर्नु अहिलेको बाध्यता हो ।

आफैँमा जीर्ण र जोखिमपूर्ण बनेको यो पुलबाटै खाद्यान्न, बिरामी, मोटरसाइकल र सर्वसाधारणको ओहोदोहोर चलिरहेको छ । जहाँ हरेक पाइलामा त्रास छ, तर जीवन धान्न त्यही सास्ती भोग्नुको विकल्प छैन ।

No data was found

तस्बिरहरु : शंकर श्रेष्ठ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार

चाइल्डफण्ड जापानद्वारा भोटेकोशीका बाढीपीडितलाई राहत सामग्री सहयोग

बाढीपछिको धादिङ : जहाँ हरेक पाइलामा त्रास छ, सास्ती भोग्नुको विकल्प छैन (फोटोकथा)

बाँदरले दुःख दिएपछि  सामूहिक मार्सी धानखेती

सोप्याङखोलामा पहिरो खसेपछि नौबिसे हुँदै हेटौंटा निस्कने त्रिभुवन राजपथ अवरुद्ध

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ