बाढीले बेनीघाटमा करोडौँको भौतिक क्षति, दर्जनौँ संरचना ध्वस्त
शंकर श्रेष्ठ

भदौ २५, २०८३

धादिङ । भोटेकोसी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा करोडौँको क्षति भएको छ । मानवीय क्षति हुनबाट जोखिएपनि भौतिक सम्पत्ति तथा सार्वजनिक संरचनामा ठूलो धक्का लागेको हो ।

गाउँपालिकाले तयार पारेको क्षति विवरण अनुसार पृथ्वी राजमार्ग, झोलुङ्गे पुल, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, खानेपानी, मन्दिर तथा निजी होटल–रिसोर्टहरूमा बाढीले नोक्सान पु¥याएको छ ।

बाढीले यातायातका मुख्य पूर्वाधारहरू ध्वस्त बनाएको छ । पृथ्वी राजमार्गको कृष्णभिरमा करिब १०० मिटर सडक उकास्नै नसक्नेगरी पहिरिएको छ । शीतलबजार क्षेत्रमा करिब ५० मिटर सडक त्रिशूलीले तानेको छ ।

No data was found

बाढीले ९ वटा झोलुङ्गे पुलहरू बगाएको छ । मलिङ्गा–सिद्धलेक, बाँदरे, चरौदी, धवादी, तिघ्राङखानी, चौकीटार र कौदिघाटका झोलुङ्गे पुल पूर्ण रूपमा नष्ट भएका छन् । यी पुल पुनः बनाउन प्रतिपुल १ करोडदेखि १ करोड २० लाख रुपैयाँसम्म लाग्ने अनुमान छ । मलेखु र चाइनाघाटका पुलमा पनि आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले जानकारी दिनुभयो ।

सार्वजनिक भवन तथा सामुदायिक संस्थाहरूमा पनि क्षति पुगेको छ । वडा नं. ७ स्थित बुद्धि विकास आधारभूत विद्यालयको भवन, शौचालय र खेलमैदान घेराबारसहित पूर्ण रूपमा क्षति भई विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र पोषण सेवा केन्द्र र चरौदी कृषक सुधार सहकारीका भवनहरू बाढीका कारण जोखिमपूर्ण बनेका छन् । वडा नं. ७ को कार्यालय भवन, खानेपानी व्यवस्थापन बोर्डको कार्यालय, खेलकुद मैदान, विभिन्न वडाका सार्वजनिक शौचालयहरू र शंखादेवी मावि मझिमटारको जग्गा कटान हुनुका साथै इनार पुरिएको छ ।

खानेपानी तथा सिँचाइ आयोजना अस्तव्यस्त
स्थानीय नागरिकको दैनिक जीवनसँग जोडिएका खानेपानी र सिँचाइ सुविधाहरू अस्तव्यस्त बनेका छन् । गाउँपालिकाका इन्जिनियर एवं विपद् व्यवस्थापन फोकल पर्सन प्रकाश सिलवालका अनुसार १० वटा खानेपानी तथा सिंचाई योजनामा बाढीले पूर्ण क्षति पु¥याएको छ । इको पार्क खानेपानी, भुलभुले लिफ्ट, साउनेपानी लिफ्ट, विशालटार लिफ्ट, चरौदी डिप बोरिङ र मझिमटार खानेपानी आयोजनाका मुहान, ट्याङ्की र मोटर बाढीले बगाएको छ । रिचोकटार, विशालटार र फजिम्टार खटौटी लिफ्ट सिँचाइ आयोजनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा पनि बज्रपात आइपरेको छ । निजी तथा व्यावसायिक क्षेत्रमा लाखौँको नोक्सानी भएको छ । त्रिशूली नदी किनारमा सञ्चालित पर्यटन व्यवसायमा बाढीले बढी क्षति पु¥याएको गाउँपालिकाका इन्जिनियर सिलवालले जानकारी दिनुभयो ।

बाढीका कारण बस्तीहरू समेत प्रभावित बनेका छन् । वडा नं. ३ को शीतलबजारका २६ प्रभावित घरधुरीमध्ये १६ परिवार विस्थापित भएका छन् भने वडा नं. ७ मा ४ प्रभावित घरधुरीका २२ परिवारका ९६ जना विस्थापित बनेका छन् । यस्तै वडा नं. १० को हुग्दिखोलामा २ परिवारका १२ जना पूर्ण रूपमा विस्थापित भएका छन् ।

सार्वजनिक संरचना, पुल, सडक, खानेपानी, मठमन्दिर तथा निजी होटेल–रिसोर्टहरूमा गरी बाढीले १ अर्ब २ करोड ६० लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । गाउँपालिकाले तयार पारेको विवरण अनुसार बाढीबाट विद्यालय तथा सार्वजनिक भवनतर्फ ९ करोड ५० लाख, झोलुङ्गे पुल तथा सडकमा ७४ करोड ५० लाख, खानेपानी र सिँचाइमा ३ करोड ३२ लाख, मठ–मन्दिर तथा पार्कहरूमा ५ करोड ५४ लाख र निजी व्यावसायिक होटल–रिसोर्टतर्फ ७ करोड ४० लाख रुपैयाँ क्षति पुगेको छ ।

कुन क्षेत्रको पुनःनिर्माणमा अब कति लाग्छ खर्च ? (अनुमानित विवरण)
विद्यालय तथा सार्वजनिक भवनः रु. ९५,०००,०००.००
झोलुङ्गे पुल तथा सडकः रु. ७४५,०००,०००.००
खानेपानी र सिंचाईः रु. ३३,२००,०००.००
मठ–मन्दिर तथा पार्कहरुः रु. ५५,४००,०००.००
व्यवसायीक होटल तथा रिसोर्टहरुः रु. ७४,०००,०००.००
जम्मा (एकमुष्ठ अनुमानित खर्च)ः रु. १,००२,६००,०००.००

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई राहत सामग्री

बाढीले बेनीघाटमा करोडौँको भौतिक क्षति, दर्जनौँ संरचना ध्वस्त

ग्यास अभाव समाधान गर्न रास्वपा सांसद बोधनारायण श्रेष्ठको सुझाव

नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार

चाइल्डफण्ड जापानद्वारा भोटेकोशीका बाढीपीडितलाई राहत सामग्री सहयोग

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ