गजुरीमा बस र ट्रक ठोक्किँदा चार घाइते
पाविलन्युज

भदौ २६, २०८३

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जहरेखेत पुलनजिक शुक्रबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। काठमाडौँबाट धादिङबेँसीतर्फ आउँदै गरेको बा ४ ख ८६६७ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४१४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–२, धादिङकी ८० वर्षीया दिवाकुमारी दानी र सोही ठाउँकी ५० वर्षीया धनकुमारी केसी घाइते भएका छन्। यसैगरी,  बसका सहचालक गल्छी गाउँपालिका–१ का १७ वर्षीय रामचन्द्र परियारको बायाँ आँखामा र बस चालक नुवाकोटको विदुर नगरपालिका–७ का ३३ वर्षीय समियाल तामाङको दुवै खुट्टा र कम्मरमा चोट लागेको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दुर्घटनाका कारण बस र ट्रकको अघिल्लो भागमा पूर्ण रूपमा क्षति पुगेको छ भने दुर्घटनापछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। घटनाबारे थप अनुसन्धान अघि बढाउन प्रहरीले ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–२९ का करिब ३५ वर्षीय कमल देवकोटालाई नियन्त्रणमा लिएको छ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गजुरीमा बस र ट्रक ठोक्किँदा चार घाइते

कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

यो पनि पढ्नुहोस
पाविलन्युज