बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)
सम्बाददाता

भदौ २७, २०८३

रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले राष्ट्रिय राजमार्गसँग धादिङ सदरमुकाम धादिङवेंशीको सिधा सडक सम्पर्क १८ दिनदेखि टुटेको छ। धादिङवेंशी हुँदै जाने जिल्लाका उत्तरी बेल्टका गाउँबस्तीका स्थानीयलाई पनि आउजाउमा असहज भएको छ।

वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चलेपनि मुख्य लाइफलाइन मानिने पुल बगाएपछि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन बनेको छ। पुल बगाए पनि छेउको सहिद गेट सुरक्षित छ। तर, नदी आसपासका घरटहरा भने कटानले जोखिममा छन्।

२०५६ सालमा निर्माण गरिएको फुर्केखोला पुल ११८ मिटर लम्बाइको स्टिल प्लेट गर्डर पुल थियो। यति लामो दूरी पार गर्न मिल्ने खालको बेलीब्रिज नभएकाले अर्को विकल्प नहुँदासम्म वैकल्पिक सडक प्रयोग गर्नुपर्ने छ। साना तथा मालवाहक सवारी धादिङकै मासटार, गोरखा हुँदै आउजाउ गर्न मिल्ने विकल्प छ।

No data was found

कतिपय ठाउँमा हिलो र कच्ची रहेकाले वैकल्पिक सडकको यात्रा सहज भने छैन। पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ।

मालवाहक सवारीका लागि भने मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–सल्यानटार हुँदै धादिङबेँसी पुग्ने लामो मार्ग प्रयोग भइरहेको छ।

यसैगरी, धादिङबेँसीबाट काठमाडौं आउजाउका लागि सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी पुग्ने वैकल्पिक सडक पनि प्रयोग गर्न सकिने अवस्था छ।

तस्बिरहरु : शंकर श्रेष्ठ

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस
सम्बाददाता