बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ
सम्बाददाता

भदौ २७, २०८३

धादिङ । रसुवाको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको बाढीले बगाएको सुनका गरगहना घरमा लुकाएर राख्ने एक व्यक्ति धादिङबाट पक्राउ परेका छन् ।

बाढीले बगाएर ल्याएका सुन तथा चाँदीका गरगहनाहरू धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार बस्ने अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङले भदौ ११ गते फेला पारेका थिए ।

गरगहना फेला पारे पनि तामाङले कसैलाई जानकारी नगराई नियतबस आफ्नो घरमा लुकाएर राखेको भन्ने सूचनाको आधारमा <span;>अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले भदौ २६ गते तामाङलाई गरगहना सहित नियन्त्रणमा लिएको हो ।

No data was found

पक्राउ परेका तामाङको साथबाट सुन जस्तो पहेँलो धातुको बाला ३ टुक्रा, झुम्का २ थान, सिक्री २ थान, औठी २ थान, रातो पोतेमा जडित मंगलसूत्र २ थान र सेतो धातुको जस्तो देखिने पाउजु २ जोर बरामद गरेको छ ।

बरामद गरिएका सबै गरगहना रीतपूर्वक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । पक्राउ परेका रामबहादुर तामाङमाथि चोरीसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस
सम्बाददाता