हरितालिका पर्व : काठमाण्डौ पशुपति क्षेत्रमा व्रतालुको लाम, धादिङमा छैन चहलपहल
पाविलन्युज

भदौ २९, २०८३

धादिङ । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ ।

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ । हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ ।

No data was found

अघिल्ला वर्षहरुमा भरीभराउ हुने धादिङका मठमन्दिरहरुमा भने खासै चहलपहल देखिएको छैन । बजार र चोकहरु पनि प्राय सुनसान छ । भदौ १० गतेको बाढीले जनधनको क्षति पु¥याएकोले पनि तीजमा रौनक नदेखिएको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि सवारी सञ्चालनको तयारी

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

बाढीको बहाबले हानेर क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने कोल्पु खोलाको पुल

हरितालिका पर्व : काठमाण्डौ पशुपति क्षेत्रमा व्रतालुको लाम, धादिङमा छैन चहलपहल

यो पनि पढ्नुहोस
पाविलन्युज